काठमाडौ- एसीसी महिला एसिया कपमा बलियो टोलि भारतले नेपाललाई १७९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
श्रीलंकाको डम्बुलामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर १७८ रन बनायो ।
नेपालकी सिता राना मगरले दुई ओपनरको महत्तवपूर्ण विकेट लिइन्। भारतकी ओपनर शेफाली बर्माले ४८ बलमा १२ चौका र १ छक्काको सहयोगमा ८१ रनको अर्धशतकीय ईनिङ खेलिन् ।
अर्की ओपनर दयालन हेमलथाले ४२ बलमा ४७ रन बनाइन् ।
त्यस्तै कविता जोशीले एक विकेट लिईन् ।
पराजित भएमा बाहिरिने अवस्थामा रहेको नेपाललाई सेमिफाइनल प्रवेशका लागि फराकिलो जित आवश्यक रहेको छ ।

