काठमाडौ- घरेलु टोलि माल्दिभ्सलाई हराउदै नेपाल काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो भएको छ।
मालेमा मंगलबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल ३-० को सोझो सेटमा विजयी भएको हो।
नेपालले पहिलो सेट २५-१५ ,दोस्रो सेट २५-१० र तेस्रो सेट २५-१४ ले जित्यो।
यसअघि समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।
सेमिफाइनलमा नेपाल बलियो टोलि किर्गिजस्तानसँग नेपाल ३-० को सोझो सेटमा पराजित हुदै प्रतियोगिताको फाइनलमा पुग्न असफल भएको थियो।

