काठमाडौं । काभा नेसन्स लिगको तयारीका रूपमा खेलेको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाली महिला टोली रसियासंग पराजित भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको खेलमा नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो ।

नेपाल बलियो टोलि रसियासंग १४-२५, २३-२५, २२-२५ को सोझो सेटमा पराजित भएको हो।
पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल ३-० को सोझो सेटमा पराजित भएको थियो।
नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा यो मैत्रीपूर्ण खेल भएको हो।
काभा नेसन्स लिग साउन १९ देखि नेपालमै हुँदैछ। प्रतियोगितामा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सको सहभागिता रहनेछ।















