काठमाडौ- ललित मेमोरियल एन्फा यू-१८ युथ लिगमा सोमबार भएको पहिलो खेलमा अपराजित रहेको मछिन्द्रले सातदोबाटोसंग बराबरि खेल्दै अंक बाढेको छ।

सातदोबाटो स्थित एन्फा कमप्लेक्समा भएको खेलमा मछिन्द्रका लागि रोनिक राना मगरले खेलको ६३औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको १० मिनेट बित्न नपाउदै मछिन्द्रका प्रसान्त मिन्यान्बोले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमीत भएको थियो।

त्यसपछि आदेश लामाले ७९औ मिनेटमा गोल गर्दै सातदोबाटोलाई बराबरिमा फर्काए।

यो बराबरिसंगै मछिन्द्रले ३ खेलमा ५ अंक जोड्दा सातदोबाटोले समान खेलमा पहिलो १ अंक जोड्न सफल भएको छ।

मछिन्द्रले त्रिभुवन आर्मी क्लबलाई १-० गोलले हराउदा जावालाखेल युथ क्लबसंग २-२ गोलको बराबरि गरेको थियो।

उता सातदोबाटो युथ क्लबभने एफसि खुमलटार र एपिएफ क्लबसॅग पराजित भएको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile