काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेको नेपाली खेलाडी-हरूलाई विदाइ गर्नु भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति पौडेलले खेलाडीहरूलाई बिदाइ गर्नु भएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले खेलकुद भनेको राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउनुभयो ।

उहाँले हार र जित खेलको पाटो भएको बताउनुहुँदै ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरूले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीहरूलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो ‘आफ्नो नाभिदेखि बल लगाएर प्रतियोगितामा सहभागी हुनुहोस्, सफलता आफै आउँछ । हामी सबै नेपाली तपाईँहरूका साथमा छौ ।’ उहाँले ओलम्पिकमा नेपालको नयाँ रेकर्ड कायम गरेर फर्कनुहुनेछ भन्ने आफू आशावादी रहेको बताउनुभयो ।

सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहनु भएका राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गर्नुभएको थियो ।

खेलाडी बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहित ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलहरूको सहभागिता रहको थियो ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *