‍काठमाडौं । काभा नेसन्स लिगको तयारीका रूपमा खेलेको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली रसियासंग पराजित भएको छ।

राखेपको कभर्ड हलमा भएको‌ खेलमा नेपाली टोली ३-० को सोझो सेटमा पराजित भएको हो ।

नेपाल रसियासंग २५-१७,२५-१९, २५-१५ को सेटमा पराजित भएको हो ।

आरती सुवेदी र सुमित्रा रेग्मीले नेपाली राष्ट्रिय टोलीका लागि यस खेलमार्फत डेब्यू गरेका छन्।

नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा यो मैत्रीपूर्ण खेल भएको हो। दोस्रो खेल भोलि सोमबार हुनेछ।

काभा नेसन्स लिग साउन १९ देखि नेपालमै हुँदैछ। प्रतियोगितामा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सको सहभागिता रहनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile