काठमाडौं । बाग्मती प्रदेश प्रथम सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फबाट सेमिफाइनल प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् कभर्डहलमा आज बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशविरुद्ध ३-० को फराकिलो जित निकालेको छ।
बाग्मती प्रदेशले खेल २५-१६, २५-१०, २५-६ ले आफ्नो पक्षमा पार्यो।
लगातार दोस्रो जितसँगै बाग्मती समूह ‘बि’ को शिर्ष स्थानमा रहदै सेमिफाइनलमा प्रवेश गरेको छ। यो समूहबाट गण्डकी दोस्रो स्थानमा रहदै यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको थिय।
यो खेलको नतिजाले सुदूरपश्चिमको यस प्रतियोगिताको यात्रा समाप्त भएको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile